सेनेगललाई हराउँदै इङ्ल्यान्ड कतारमा फिफा विश्व कप फुटबलकाे क्वाटरफाइनलमा प्रवेश।

कतार := सेनेगललाई हराउँदै इङ्ल्यान्ड कतारमा जारी फिफा विश्व कप फुटबलकाे क्वाटरफाइनलमा प्रवेश गरेको छ । अल बयात स्टेडियममा गए राति सेनेगललाई ३–० गोल अन्तरले हराउँदै इङ्ल्यान्ड अन्तिम आठमा पुगेको हो ।

इङ्ल्यान्डका लागि जोर्डन हेन्डर्सन, ह्यारी केन र बुकायो साकाले एक/एक गोल गरे । खेलको ३८औँ मिनेटमा जोर्डन हेन्डर्सनले गोल गर्दै अग्रता दिलाए भने पहिलो हाफको अतिरिक्त समयमा ह्यारी केनले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

साथै, खेलको ५७औँ मिनेटमा बुकायो साकाले थप एक गोल गर्दै इङ्ल्यान्डलाई तीन गोलको अग्रता दिलाए । अब इङ्ल्यान्डले अन्तिम आठमा फ्रान्ससँग खेल्ने छ । पोल्यान्डलाई हराएर फ्रान्स क्वाटरफाइनलमा पुगिसकेको छ ।