नेपाली राजदूत डिल्लीराज पौडेलद्वारा मलेसियाको राजा समक्ष ओहोदाको प्रमाणपत्र पेश।

क्वालालम्पुर (मलेसिया):= मलेसियाका लागी नव नियुक्त नेपाली राजदूत डिल्लीराज पौडेल लगायत विभिन्न देशका राजदूतहरुद्वारा मलेसियाको राजा (आगोंङ्) अल-सुल्तान अब्दुल्लाह रियातुद्दीन अल-मुस्तफा बिल्लाह शाहसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रमाणपत्र पेश गर्नुभएको छ।

आज बिहीबार (डिसेम्बर १) का दिन मलेसियाको राजदरवार  इस्ताना नेगारामा आयोजित एक समारोहकाबीच १२ वटा विभिन्न देशका मलेसियामा रहेका कुटनैतिक नियोगका प्रमुख राजदूतहरुले आफ्नो ओहोदाको प्रमाणपत्र राजा समक्ष पेश गर्नुभएको हो।

Photo : Bernama

१२ विदेशी राजदूतहरुमा क्रमशः नेपालको तर्फबाट डिल्लीराज पौडेल, स्पेनका जोसे लुइस पारडो कुएर्डो, युगान्डाका बेट्टी ओएला बिगोम्बे, ज्याक लुइस वर्नर (नेदरल्याण्ड), भ्यालेरिया सुकासी (उरुग्वे), पिटर भान एकर (बेल्जियम), फ्लोरेन्स बुएर्की अकोनोर (घाना) रहेका छन् । त्यस्तै अली हुसेन दिदी (माल्दिभ्स), येओ सेउङ-बाए (दक्षिण कोरिया), फ्लेमिङ राउल दुआर्टे रामोस (पराग्वे), हुसेन सिदी अब्देल्लाह देह (मोरिटानिया) र तुमुर अमरसाना (मंगोलिया) लगायत देशका राजदूतहरु ओहोदाका प्रमाणपत्र पेश गर्नुभएको हो।

सो समारोहमा राजा परमाइसुरी आगोंग टुंकु हजाह अजीजाह अमीनाह मैमुनाह इस्कन्दरियाह पनि उपस्थित रहेका थिए।
साथै मलेसियाको परराष्ट्र मन्त्रालयका महासचिव दातुक सेरी अमरान मोहम्मद जैन पनि उपस्थित रहेका थिए। BERNAMA