अमेरिकाले इरानलाई १-० गोलले पराजित गर्दै फिफा विश्वकपको नकआउट चरणमा प्रवेश।

कतार := अमेरिका कतारमा जारी फिफा विश्वकप फुटबल-२०२२ को नकआउट चरणमा प्रवेश गरेको छ। गएराति सम्पन्न भएको समूह चरणको अन्तिम खेलमा अमेरिकाले इरानलाई १-० गोल अन्तरले पराजित गरेको हो।

यो जितसँगै अमेरिका राउण्ड अफ १६ मा प्रवेश गरेको हो। महत्त्वपूर्ण खेलमा अमेरिकाको जितका लागि निर्णायक गोल खेलको ३८ औं मिनेटमा क्रिस्टियन पुलिसिचले गरे।

यो जितसँगै समूह ‘बी’को उपविजेता बन्दै अमेरिका नकआउट चरण प्रवेश गरेको हो। तीन खेल खेलेको अमेरिकाले पाँच अंक जोडेको छ। प्रतियोगिताबाट बाहिरिएको इरानले भने तीनअंक मात्र बनाएको छ।