कतार := कतारमा जारी फिफा विश्वकप फुटबल-२०२२ प्रतियोगिता अन्तर्गत समूह चरणका अन्तिम खेल आज मंगलबारबाट हुँदैछ। अहिलेसम्म प्रत्येक टोलीले समूह चरणमा २–२ खेल खेलिसकेका छन् ।
मंगलबार विश्वकपमा समूह चरणका ४ खेल हुनेछन् । पहिलो दुई खेल नेपाली समयअनुसार राति पौने १० बजेबाट हुनेछ भने बाँकी दुई खेल राति पौने १ बजेबाट हुनेछ ।
समूह ‘ए’ मा रहेका आयोजक कतार र ईक्वेडर तथा नेदरल्याण्ड्स र कतारबीचको खेल साँझ पौने ९ बजे बाट सुरु हुनेछ । यस खेलबाट समूह ए बाट नकआउट चरणमा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ ।
यसैगरी, राति पौने १ बजे सुरु हुने समुह ‘बी’ का खेलहरुमा वेल्सले इंग्ल्याण्डसँग खेल्दा इरानले अमेरिकाको सामना गर्नेछ। यस खेलबाट समूह ‘बी’ बाट नकआउट चरणमा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ ।
आजको खेलमा जित निकाल्दै दुवै टोली अघिल्लो चरणमा प्रवेश गर्ने योजनामा छन् । इङ्ल्यान्डलाई बराबरीको नतिजाले पुग्नेछ भने वेल्सलाई भने जित नै आवश्यक छ । जित निकाले पनि अर्को टिमको खेलको नतिजा पर्खनु पर्ने हुनेछ ।




















