फिफा विश्वकप फुटबल: मोरक्कोले बेल्जियमलाई २-० गोल अन्तरले हरायो।

कतार := कतारमा जारी रहेको फिफा विश्वकप फुटबल- २०२२ मा मोरक्कोले बेल्जियमलाई २-० गोल अन्तरले पराजित गरेको छ। मोरक्कोका लागि अब्देलहामिद साबिरीले ७३ औं मिनेटमा गरेको फ्रिकिक गोलमा अग्रता लियो। इन्ज्युरी समयमा दोस्रो गोल थप्दै मोरक्कोले जित पक्का गर्यो ।

विश्वकपमा मोरक्कोले २४ वर्षपछि पहिलो जित निकालेको हो भने समग्रमा तेस्रो जित  सन् १९६८ मा पहिलो पटक विश्वकपमा खेल जितेको मोरक्कोले पछिल्लो पटक सन् १९९८ मा स्कटल्याण्डलाई पराजित गरेको थियो । चार वर्षअघि रुसमा भएको विश्वकपमा भने मोरोक्कोले समूह चरणमा दुई खेल हारेको थियो भने एक बराबरी गरेको थियो ।

यस जितसँगै मोरक्को समूहको शीर्षस्थानमा उक्लिएको छ । मोरक्कोको २ खेलमा ४ अंक तथा बेल्जियमको ३ अंक छ । क्रोएसिया १ अंक र क्यानडा अंकविहिन छ ।