सुनसरी १ मा स्वतन्त्र पार्टीका उम्मेदवारलाई हराउँदै अशोक राई निर्वाचित।

सुनसरी := सुनसरी क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टीका नेता अशोककुमार राई निर्वाचित भएका छन् ।

अत्याधिक चर्चामा रहेकी उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (शरिन) १६६०१ मतमा रोकिइन्। सुरूदेखि नै लिड गरेकी गोमालाई अन्तिममा ४५० ले पछि पार्दै राई विजयी भएका हुन्।

राईले १७ हजार ५९ मत ल्याए भने तामाङले १६ हजार ६०६ मत पाइन् । माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्याएर तेस्रो भए ।

यस्तै, राप्रपाका अशोककुमार राईले सात हजार ८८४, एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेयाङ्गबोले सात हजार ८१२, अर्का स्वतन्त्र तर्कबहादुर मगरले तीन हजार ८१८, कुमार कार्कीले एक हजार ८६४, मातृकाप्रसाद भट्टराईले एक हजार ७६० मत पाएका छन् ।