राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चुनावी खर्च रु.११ लाख ८१ हजार ४७२

काठमाडौं := राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन्। चितवन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित लामिछानले शनिबार बिहान फेसबुक पेजमार्फत् चुनावी अवधिमा ११ लाख ८१ हजार ४७२ खर्च भएको बताएका हुन् ।

लामिछानेले आफ्नो कार्यकालभरि कुनै पनि सम्मान तथा पुरस्कार नलिने उद्घोष पनि गरेका छन् । केही दिन पार्टीको कामले काठमाडौं आउने र त्यसपछि चितवनमा नै कार्यालय सञ्चालनमा ल्याएर जनताको सेवामा लाग्ने उनले बताए ।