सर्लाही निर्वाचन क्षेत्र-४ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्‍मेदवार डा. अमरेश कुमार सिंह निर्वाचित।

सर्लाही := सर्लाही निर्वाचन क्षेत्र-४ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्‍मेदवार डा. अमरेश कुमार सिंह निर्वाचित भएका छन्। उनले निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्‍मेदवार नागेन्द्र कुमार रायलाई १ हजार ७६५ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।

सिंहले २० हजार १७ मत पाउँदा उनका प्रतिस्पर्धी रायले १८ हजार २५२ मत मात्र ल्‍याए । यस्तै अर्की स्वतन्त्र उम्‍मेदवार मधुमाला कुमारी यादवले १४ हजार ६२२ मत ल्‍याइन् ।