मलेसियाको १०औं प्रधानमन्त्री पदमा दातोक श्री अनवर इब्राहिमद्वारा शपथ ग्रहण।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको आम निर्वाचनमा पाकातान हारापान पार्टीबाट बहुमतको साथ विजयी भएका पार्टी अध्यक्ष तथा सांसद दातोक श्री अनवर बिन इब्राहिम मलेसियाको १०औं प्रधानमन्त्रीको रुपमा नियुक्त हुनुभएको छ।

मलेसियाको संघीय राजा अल सुल्तान अब्दुल्लाह रियातुदिन अल मुस्ताफा बिलाल साह (Agong Al-Sultan Abdullah Ri’ayatuddin Al-Mustafa Billah Shah) को अध्यक्षतामा बसेको मलेसियाको विभिन्न प्रान्तीय मेलायु राजाहरूको संयुक्त बैठकले नोभेम्बर १९ तारिख गएको शनिबार सम्पन्न आम निर्वाचनमा पाकातान हारापानले अन्य दल भन्दा बढी ८२ सिटमा बहुमतसहित जित हासिल गरेकोले दातोक श्री अनवर इब्राहिमलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो, सोही अनुरुप दातोक श्री अनवरलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो।

आज नोभेम्बर २४ तारिख बिहिवार इस्ताना नेगाराको प्राङ्गणमा मलेसियाको संघीय राजा अल सुल्तान अब्दुल्लाह रियातुदिन अल मुस्ताफा बिलाल साह (Agong Al-Sultan Abdullah Ri’ayatuddin Al-Mustafa Billah Shah) ले १०औं प्रधानमन्त्रीको रुपमा नियुक्त गर्दै दातोक श्री अनवर इब्राहिमलाई शपथ ग्रहण समेत गराएका हुन।

नयाँ प्रधानमन्त्री नियुक्तिसंगै केहि समयदेखि अस्थिर मलेसियाको राजनीति अब स्थिर हुने देखिएको छ।
आज नियुक्त प्रधानमन्त्री दातोक श्री अनवरको नेतृत्वमा नयाँ सरकार गठन र मन्त्रीमण्डल समेत गठन हुनेछन्।