पाकिस्तानी प्रधानमन्त्री सहबाज सरिफले नयाँ सेनापति नियुक्त गर्दै।

FILE PHOTO: Leader of the opposition Mian Muhammad Shehbaz Sharif, brother of ex-Prime Minister Nawaz Sharif, gestures as he speaks to the media at the Supreme Court of Pakistan in Islamabad, Pakistan April 7, 2022. REUTERS/Akhtar Soomro/File Photo

पाकिस्तानी := पाकिस्तानी सेनाले चाँडै नयाँ कमाण्डर पाउने भएको छ । नयाँ सेनापतिका लागि ६ वरिष्ठ जनरलहरूको नामको सूची प्राप्त गरेको प्रधानमन्त्रीको कार्यालयले पुष्टि गरेको छ । वर्तमान सेना प्रमुख जनरल कमर जावेद बाजवाले ६ वर्षको कार्यकाल पूरा गरेपछि नोभेम्बर २९ मा राजीनामा दिँदै छन् ।

प्रधानमन्त्री सहबाज सरिफको कार्यालयले बुधबार ट्विट गर्दै सेना प्रमुख र पदका लागि नाम प्राप्त गरेको जानकारी दिएको छ । ‘निर्धारित कार्यविधिअनुसार प्रधानमन्त्रीले नियुक्तिबारे निर्णय लिनेछन्,’ प्रधानमन्त्रीको कार्यलयद्वारा जारी  विज्ञप्तिमा भनिएको छ । बाजवाले सन् २०१६ नोभेम्बरमा मा तीन वर्षको लागि ६ लाख सेनाको नेतृत्व लिएका थिए । उनलाई तत्कालीन प्रधानमन्त्री इमरान खानले सन् २०१९ को अगस्टमा म्याद थपेको थियो ।