फिफा विश्वकप फुटबल : बेल्जियमले क्यानडालाई १-० गोलले हरायो।

कतार := बेल्जियमले कतारमा जारी फिफा विश्वकप फुटबल-२०२२ मा विजयी सुरुआत गरेको छ । अहमद बिन अलि स्टेडियममा बुधबार राति क्यानडालाई १-० गोल अन्तरले हराउँदै बेल्जियमले सुखद सुरुआत गरेको हो ।

बेल्जियमलाई जित दिलाउन मिसी बात्सुयीले निर्णायक गोल गरे । उनले खेलको ४४ औं मिनेटमा एल्डरवेइरेल्डको पासमा गोल गरेका हुन् । जुन गोल बेल्जियमको जितमा निर्णायक बन्यो ।