फिफा विश्वकप-२०२२ फुटबल: स्पेनले कोस्टारिकालाई ७-० गोलले हरायो।

कतार := कतारमा जारी फिफा विश्वकप-२०२२ फुटबलमा स्पेनले सानदार विजयी सुरुआत गरेको छ । बुधबार राति भएको खेलमा कोस्टारिकालाई ७-० गोल अन्तरले हराउँदै स्पेनले सानदार सुरुआत गरेको हो ।

अल थुमामा स्टेडियममा स्पेनलाई जित दिलाउन फेरान टोरेसले दुई गोल गरे । डानी ओल्मो, मार्को एसेन्सियो, गाभी, कार्लोस सोलेर र अल्भारो मोरटाको नाममा एक एक गोल रह्यो ।