हेटौंडा:= मकवानपुर १ मा कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले मतान्तर बढाउनुभएको छ । उहाँले राप्रपा नेपालका अध्यक्ष कमल थापाविरुद्ध मतान्तर बढाउनुभएको हो। डिनाले एमालेका उम्मेदवार थापाविरुद्ध १ हजार ५५२ मतको फराकिलो अन्तर बनाउनुभएको छ ।
हालसम्म कुम ११ हजार ५४ मत गणना गर्दा डिनाले ५ हजार २४७ मत पाउनुभएको छ भने थापाले ३ हजार ६९५ मत पाउनुभएको छ ।यता राप्रपाका दीपकबहादुर सिंहले पनि हजार मत कटाउनुभएको छ । उहाँले हालसम्म १ हजार १० मत प्राप्त गनुृभयो ।




















