निर्वाचनमा खटिएका खेलकुदकर्मी, खेलाडीहरू।

काठमाडौं := स्थानीय निर्वाचन जस्तै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा यसपटक पनि विभागीय टोलीमा रहेका विभिन्न खेलका खेलाडीहरू पनि निर्वाचनमा खटिएका छन् ।

यसै क्रममा नेपालमै सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा कराँतेतर्फ दोहोरो स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठ, सुनिता महर्जन, तेक्वान्दोका वीरबहादुर महरा, निशा दर्लानका साथै कास्य पदक विजेता अमिस राउत, कन्जन थापा र सुष्मा श्रेष्ठलगायत खेलाडीहरु निर्वाचनमा खटिनुभएको छ ।

उहाँहरू सबैले विभागीय टोली नेपाल पुलिस क्लबको प्रतिनिधित्व गर्ने गर्नुहुन्छ । निर्वाचन सुरक्षाका लागि नेपाली सेनाका ७४ हजार ८४९, नेपाल प्रहरीका ७१ हजार ६९३, सशस्त्र प्रहरीका ३५ हजार ११६ र राष्ट्रिय अनुसन्धान विभागका एक हजार ८२१ सुरक्षाकर्मी खटिएका छन् ।