कतार := नोभेम्बर २० तारिखदेखी सुरु भएको फिफा विश्वकपको इतिहासमा उद्घाटन खेलमै पराजित हुने पहिलो आयोजक राष्ट्र बनेको छ “कतार”। कतार विश्वकपअन्तर्गत समूह ‘ए’ को खेलमा आइतबार इक्वेडरसँग २–० गोलको हार व्यहोरेको हो। विश्वकपको ९२ वर्षे इतिहासमा हालसम्म कुनैपनि आयोजक राष्ट्रले उद्घाटन खेलमा हार बेहोरेको थिएनन्।
१६ औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका उनले ३१ औं मिनेटमा अग्रता दोब्बर पारे ।कतारका प्रशिक्षक फेलिक्स साञ्चेजले ६ महिना लामो तयारी गरेको भए पनि कतारले त्यो तयारीको नतिजा निकाल्न सकेन । कतारका खेलाडी आफ्नै घरेलु मैदानमा नर्भस देखिए ।

अफ्रिकी कप अफ नेसन्स च्याम्पियन सेनेगेल र युरोपको शत्तिशाली नेदरल्याण्ड्स रहेको समूहमा परेको कतारलाई इक्वेडरसँगको खेल सहज मानिएको थियो । तर कतारले आशा गरे अनुसार खेल्न सकेन ।
यो जितसँगै समूह ए को इक्वेडरले एक खेलबाट ३ अंक जोडेको छ । आयोजक कतारले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।




















