दूतावासको सहयोगमा मलेसियाको घरफिर्ती केन्द्रमा रहेका १ सय ११ जना अवैधानिक स्वदेश फिर्ता।

[ आरएन चौधरी थारु ] 

क्वालालम्पुर (मलेसिया):= मलेसियामा पछिल्लो चार महिनायता अध्यागमन बिभाग (इमिग्रेशन) ले पक्राउ गरेर जेल चलान गरेर अदालतले तोकेको सजाय भोगिसकेका र घरफिर्ती केन्द्रमा रहेका १ सय ११ जना नेपाली कामदारहरु स्वदेश फर्केका छ्न।

वैदेशिक रोजगारीको क्रममा मलेसियामा आएर रोजगारदाता कम्पनी छाडेर भागेर अवैधानिक भैइ काम गरिरहेका बेला
२०७९ साउनदेखि कात्तिक मसान्तसम्म मलेसियाका विभिन्न अध्यागमन सेन्टरमा रहेका इमिग्रेशनको नियन्त्रणमा घरफिर्ती केन्द्रमा रहेका ती नेपालीहरुलाई क्वालालम्पुरस्थित नेपाली दूतावासको सहयोग, समन्वयमा सकुशल १ सय ११ जना नेपाली कामदारलाई नेपाल फर्काइएको हो।

त्यस्तै सोहि अवधिमा मलेसियामा अवैधानिक भई बिरामी÷अलपत्र भएका ५२ जना नेपाली नागरिक कामदार स्वदेश फर्केको दूतावासले जनाएको छ। उनीहरुलाई दूतावासको सहयोगमा अध्यागमनसम्बन्धी आवश्यक कागजी प्रक्रिया सम्पन्न गरी नेपाल फर्काइएको हो।

उनीहरुलाई दूतावासको सहयोगमा नै क्वालालम्पुरस्थित केयलआईए अन्तर्राष्ट्रिय विमानस्थलमा पु¥याइएको थियो ।मलेसियाको अध्यागमनले नियन्त्रणमा लिएका नेपालीलाई दूतावासले बेला-बेला समन्वय गरी यसरीनै स्वदेश फर्काउने कार्य गर्दै आएको छ। त्यस्तै दूतावासले नेपाली कामदारलाई सहयोगहेतु घुम्ती सेवा पनि सुचारु गरेको छ।

 

ADVERTISE