एजेन्सी := अर्जेन्टिनाका लियोनल मेस्सी सहितको फुटबल खेलाडीहरु फिफा विश्वकप फुटबल-२०२२ मा भाग लिन कतार पुगेको छ। दक्षिण अमेरिकी महादेशको अर्जेन्टिना नेपाली समय अनुसार हिजो बिहीबार बिहान कतार अवतरण गरेको हो।
गत राति तयारी खेलमा अर्जेन्टिनाले खाडी मुलुक युएईलाई उसकै घरेलु मैदानमा ०-५ हरायो । अर्जेन्टिनाको जितमा एन्जल डि मारियाले २ गोल र १ गोलमा असिस्ट गर्दा कप्तान लियोनल मेस्सीले पनि १ गोल र १ गोलमा असिस्ट गरे । बाँकी २ गोल अन्य खेलाडीले गरे।
गत रातिको खेलपछि लगत्तै अर्जेन्टिना विश्वकपमा भाग लिन कतार उडेको हो अर्जेन्टिनाको फुटबल संघले तयार पारेको विशेष जहाज चढेर टिम कतार पुगेको हो । खेलाडी, प्रशिक्षक र टिमलाई कतार लैजान अर्जेन्टिनाले विशेष विमानको व्यवस्था गरेको थियो फुटबल संघले आफ्ना खेलाडी र स्टाफ विश्वकपका लागि कतार पुगेको जानकारी दिँदै तस्बिरहरू सार्वजनिक गरेको छ ।
विश्वकप ३ दिनपछि सुरु हुने तालिका छ पहिलो दिन उद्घाटन खेल भएपछि दोस्रो दिनबाट बाक्लो तालिकामा खेल हुनेछन् । विश्वकपमा अर्जेन्टिना एक प्रमुख पाधि दाबेदार टिम मानिएको छ । मेस्सीको टिम समूह ‘सी’मा परेको छ सो समूहमा अर्जेन्टिनासँगै मेक्सिको, साउदी अरेबिया र पोल्यान्ड परेका छन्। अर्जेन्टिनाको पहिलो खेल २२ तारिखमा साउदीसँग हुने तालिका रहेको छ।




















