चौथो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चीनको सान्यामा आयोजना हुने।

एजेन्सी बेजिङ:= चौथो हाइनान टापु अन्तर्राष्ट्रिय चलचित्र महोत्सव डिसेम्बर ३ देखि १० सम्म चीनको हाइनान टापु प्रान्तको रिसोर्ट शहर सान्यामा आयोजना हुँदैछ । सेप्टेम्बर २६ सम्म यस वर्षको चलचित्र फेस्टिभलमा गोल्डेन कोकोनट अवार्डका लागि ११६ देश र विभिन्न क्षेत्रका कुल तीन ७६१ चलचित्रहरू दर्ता गरिएका आयोजकले जनाएको छ ।

महोत्सवमा ८० देखि १०० चलचित्र प्रदर्शन हुने अपेक्षा गरिएको छ भने विभिन्न छलफलका मञ्च पनि आयोजना गरिने बताइएको छ । सन् २०१८ देखि सुरु भएको यो चलचित्र महोत्सव चाइना मिडिया ग्रुप र हाइनान प्रान्तको जनसरकारले संयुक्त रूपमा आयोजना गर्दैछ ।