क्वालालम्पुर (मलेसिया):= किरात याक्थुङ चुम्लुङ मलेसियाको सातौं अधिवेशन सम्पन्न भएको छ । नोभेम्बर १३ तारिख आईतवारका दिन मलेसियाको राजधानी क्वालालम्पुरमा अवस्थित द- गोर्खाज रेष्टुरेन्टमा सम्पन्न भएको अधिवेशनबाट अध्यक्षमा दिलकुमार केरुङ लिम्बु सर्वसम्मत चुनिएका छन् ।
त्यसैगरी क्रमशः वरिष्ठ उपाध्यक्ष पदमराज लिम्बु, उपाध्यक्ष विकेन्द्र मादेन, महिला उपाध्यक्ष सुनिता चेम्जोङ, महासचिव निमेस मादेन, सचिव नविन लिम्बु, कोषाध्यक्ष सन्तोष इजम, सह.कोषाधक्ष्य बिमल लिङखिम र आशिष माबोहाङ, खेलकुद विभाग प्रमुख रूपा थाम्देन, सांस्कृतिक विभाग प्रमुख बाटुली आङ्देम्बे र जानुका आङ्देम्बे चयन भएका छन् ।
सदस्यहरूमा सुजन लिम्बु, तेज थोप्रा, ओनेम लिम्वु, सरु लिम्बु, नबिन मे¥याङबो, तारा वनेम, कैलाश आङ्देम्बे, धनकुमार आङ्देम्बे, राजकुमार लावती, भगीसीर चोङबाङ, कुमारी लिम्बु, विनिता लुङ्गफुवा, भिम, कला इजम, सिम्रान लिम्बू, विष्णु लिम्बू, सुनिल काम्बाङ, पेलिहाङ साउदेन, टंक आङ्देम्बे, सन्तोष आङ्देम्बे, टेकेन्द्र योङ्हाङ, लक्ष्मि योङहाङ, योगराज योङहाङ, फणिन्द्र योङ्हाङ, नरेश वनेम, किरण केरुङ, बलबहादुर लिम्बू, इन्द्र लिम्बु, पृथ्वि लिम्बु, नेत्र बहादर लिम्बु, बिरेन्द्र कन्दवा, रविन्द्र आङ्देम्बे, बालध्वज लिम्बु, रोमीयो लावाङ, मिलन लिम्बु, कृष्ण लिम्बु रहेका छन् । सल्लाहकारमा इन्द्र लुङ्गफुवा लिम्बु, मिलन वनेम र संरक्षकमा किष्ण आङ्देम्बे छन् ।

किरात याक्थुङ चुम्लुङ मलेसियामा सामाजिक कार्यमा समेत सक्रिय रहेको संस्था हुन । संस्थाले गत कार्यकालमा सहयोग, उद्धार तथा राहत कार्यमा आरएम ६५ हजार मलेसिया रिंगेट बराबरको विभिन्न नेपाली पीडितहरुलाई आर्थिक भौतिक सहयोग गरेको किरात याक्थुङ चुम्लुङ मलेसियाका कोषाध्यक्ष सन्तोष इजमले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने बेलामा बताएका थिए।
प्रमुख अतिथि रहेका नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष बिपिन राईले किराँत याक्थुम चुम्लुङ मलेसियाको समाजिक कार्यको प्रशंसा गर्दै नयाँ समितिले यसको अनुशरण तथा बढवा दिनुपर्ने बताए । साथै आफ्नो जातीय र समुदायको पहिचानको प्रबर्द्धन र सम्बर्द्धन गर्ने कार्यमा पनि उतिकै अबल रहेको बताए ।
नव निर्वाचित अध्यक्ष केरुङले मलेसियामा वैदेशिक रोजगारीमा रहेका लिम्बुहरूको गणना र नामावली तयार गर्ने साथै क्षेत्रिय समितिहरू गठन गरी आफ्नो समुदायको पहिचान र सामाजिक कार्यमा अझै जुझारु ढंगबाट लागि गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
कार्यक्रममा मलेसियाको विभिन्न ठाउबाट भौतिकरूपमा सहभागी भएको थियो भने भर्चुअल जुममार्फत मलेसिया तथा अन्य देशबाट पनि सहभागी भएका थिए ।




















