स्लोभेनियामा महिला राष्ट्रपतिका रूपमा नतासा पिर्क मुसार निर्वाचित।

एजेन्सी := स्लोभेनियामा महिला राष्ट्रपतिका रूपमा नतासा पिर्क मुसार निर्वाचित हुनुभएको छ । उहाँ देशको पहिलो महिला राष्ट्रपतिको रूपमा निर्वाचित हुनुभएको हो ।

उहाँले पूर्वविदेशमन्त्री आन्जे लोगरलाई पराजित गर्नुभएको थियो । मुसारले करिब ५४ प्रतिशत मत प्राप्त गर्नुभएको थियो भने लोगरले ४६ प्रतिशत भन्दा बढी मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

करिब २० लाख जनसंख्यामा ४९ दशमलव नौ प्रतिशत मतदान भएको आयोगले जनाएको छ । पत्रकार तथा वकिल मुसार अमेरिकी पूर्वप्रथम महिला मेलानिया ट्रम्पसँग निकट मानिनुहुन्छ । ट्रम्प राष्ट्रपति हुँदा मेलानिया ट्रम्पको हितको रक्षा गर्न मुसारलाई वकिलको रूपमा नियुक्त गरिएको थियो ।