एजेन्सी (तेहरान):= नोभेम्बर २० तारिखदेखि एसियाली राष्ट्र इरानले कतारमा आयोजना हुने फिफा विश्वकप-२०२२ फुटबलका लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक कार्लोस क्विरेजले २५ सदस्यीय अन्तिम टोली घोषणा गर्नुभएको हो ।
इरानी टोलीको गोलकिपरमा अलिरेजा बेइरानभाड, अमिर बदेदजादेह, होसेन होसेइनी र पायम निएजमान्ड, डिफेन्डरमा एहसान हाजासाफी, मोर्तेजा पाउरालिगान्जी, रामिन रेजाइन, मिलद मोहम्मदी, होसेन कानाजिजादेगन, शोजाई खालीजादेह, सादेघ मोहरामी, रोउजबेह चेस्मी, मजिद होसेनी र अबोलफजल जाली रहनुभएको छ ।
मिडफिल्डरमा भहिद अमिरी, अलिरेजा जाहानबाख्स, साइद एजातोलाही, मेहदी तोराबी, सामान घोडोस, अली घोलिजादेह, अहमद नोउरोलाही र हलि करिमी तथा फरवार्डमा करिम अन्सारीफार्द, सर्दार अजमोन र मेहदी तारेमी हुनुहुन्छ ।
विश्वकपको समूह ‘बी’ मा इरानसँगै इंग्ल्याण्ड, वेल्स र अमेरिका छन् । नोभेम्बर २१ मा ग्यारेथ साउथगेटको इंग्ल्याण्डविरुद्ध खेल्दै इरानले विश्वकपको सुरुवात गर्नेछ । त्यसपछि इरानले २५ नोभेम्बरमा वेल्ससँग त्यसको चार दिनपछि अमेरिकासँग खेल्नेछ ।
यस्तै, अर्को एसियाली टोली दक्षिण कोरियाले इंग्लिस क्लब टोटेनहम हटस्परका फरवार्ड हृयुङ मिन सनको कप्तानीमा विश्वकप टोली घोषणा गरेको छ। मुख्य प्रशिक्षक पाउलो बेन्टोले सनको कप्तानीमा २६ सदस्यीय टोली घोषणा गर्नुभएको हो । टोलीको गोलकिपरमा किम सेउङ-ग्यु, जो हृयोन वु र सङ बम किन रहनुभएको छ ।
यस्तै, डिफेन्डरमा किम मिन जाई, किम जिन सु, होङ चुल, किम मुन हृवान, युन जोङ ग्यु, किम योङ ग्वन, किम ताए हृवान, क्वोन क्युङ वोन र चो यो मिन हुनुहुन्छ । मिडफिल्डरमा जङ वु-योङ, ना साङ हो, पाइक सेउङ हो, सन जुन हो, सोङ मिन-क्यु, क्वोन चाङ हुन, ली जे सुङ, हृवाङ हे चान, हृवाङ इन बियोम, जेअङ वु यङ र ली काङ इन र फरवाडमा हृवाङ उइ जो, चो गुए सुङ र हृयुङ मिन सन हुनुहुन्छ




















