काठमाडौं := एमाले अध्यक्ष केपी शर्मा ओली यतिबेला मङ्सिर ४ गतेको चुनावमा आफू र आफ्नो पार्टीलाई जिताउनलाई विभिन्न हतकण्डा,उपाय अपनाउदै छ्न। हुँदाहँुदै चुनाव जित्नलाई केपी ओली काठमाडौंको नाइट क्लब धाउन थालेका छ्न।
चुनावकै प्रचारप्रसारको लागी ओली गएराति मध्यरातमा काठमाडौं ठमेलस्थित नाइट क्लब एलओडीमा पुगेका हुन्।
केपी ओलीले ऱ्याप गीत सार्वजनिक गर्न आयोजित कार्यक्रमका लागि भनेर नाइट क्लब पुगेका हुन् ।

ओली त्यहाँ पुग्दा समर्थकले ‘केपी ओली हाइ हाई’ लगायतका नारा लगाएका थिए भने युवाहरुलाई उनले अभिभावन गरेका थिए ।रातो ज्याकेट लगाएर त्यहाँ पुगेका ओलीले सम्बोधन पनि गरेको बताइएको छ ।





















