मेरो बिहेको खबर हल्ला मात्रै हो : मलाइका अरोरा ।

एजेन्सी (मुम्बई):= बलिउडमा अभिनेत्री मलाइका अरोरा र अभिनेता अर्जुन कपुरको बिहेको खबर अहिले चर्चामा छ । बिहीबार मलाइकाले एक पोस्ट सेयर गरेपछि दुवैले छिट्टै विवाह गर्ने खबर चर्चामा आएको हो ।

तर, अब मलाइकाले यो पोस्टको पछाडिको कारण खुलासा गर्नुभएको छ, जुन न त अर्जुन कपुरसँग सम्बन्धित छ न त उहाँले विवाहका लागि ‘हो’ भन्नुभएको छ । यद्यपि, त्यहाँ एक विषय छ जसका लागि उहाँ सहमत हुनुभएको छ ।

अहिले उहाँले पोस्ट सेयर गरेर यसबारे जानकारी दिनुभएको छ। वास्तवमा मलाइका अरोराले केही समयअघि आफ्नो इन्स्टाग्राम अकाउन्टमा भएको एक पोस्ट सेयर गर्नुभएको थियो। यसमा उहाँले आफू डिज्नी प्लस हटस्टारसँग आफ्नो रियालिटी शो ‘मुभिङ विथ मलाइका’ लिएर आउँदै गरेको बताउनुभएको छ ।

मलाइकाले लेख्नुभएको छ, ‘मैले डिज्नी प्लस हटस्टारसँगको मेरो नयाँ रियालिटी शोमा हो भनेकी छु ।’ शो डिसेम्बर ५ गतेदेखि प्रशारण हुने बताइएको छ ।

सलमानको भाइ अरबाजसँग अलग भएपछि मलाइका र अर्जुनलाई पटक-पटक भारतीय मिडियाले एकसाथ समय बिताएको भेट्टाएका थिए । उहाँहरूले सम्बन्धलाई न खुलेआम स्वीकार्नुभएको छ न त अस्वीकार नै ।

मलाइका र अरबाज सन् २०१६ मा अलग हुनुभएको थियो । जब मलाइकालाई सोधिएको थियो कि उहाँले कसरी सम्बन्ध व्यवस्थापन गर्नुभयो ? उहाँले भन्नुभएको थियो, ‘मेरा साथी, परिवार र योगाले गर्दा मलाई त्यो समयमा यी कुरा दिए ।’