महिला साफ यू- १५ च्याम्पियनसिप फुटबलको उपाधि नेपालले जित्दै इतिहास रच्यो।

एजेन्सी := नेपाली टोलीले महिला साफ यू- १५ च्याम्पियनसिपको उपाधि जितेरइतिहास रचेको छ। बङलादेशको ढाकामा शुक्रबार भएको डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपाली गोलकिपर सुजाता तामाङले पेनाल्टी बचाउँदै कप्तानी प्रदर्शन गरेपछि नेपालले बंगलादेशलाई १-१ गोलको बराबरी खेलेर पनि साफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि जित्न सफल भएको हो।

खेलमा सुरुआती अग्रता नेपालले बनाएको थियो ।  खेलको १४ औं मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । तर, खेलको ५४ औं मिनेटमा रुमाले गोल गर्दै बंगलादेशलाई १-१ गोलको बराबरीमा ल्याईन् ।

बराबरीसँगै नेपालले ४ खेलमा अपराजित रहदै १० अंक जोडेर  शीर्ष स्थानमा रहदै नेपालले उपाधि उचाल्न सफल  भयो । महिला फुटबलमा नेपालको यो पहिलो उपाधि हो । उमेर समूह होस् वा सिनियर साफ च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुदमा नेपाली महिला टोलीले यसअघि उपाधि जित्न सकेको छैन ।