[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= मलेसिया क्वालालम्पुरस्थित नेपाली दूतावासले मलेसियामा अवैधानिक भएर बस्नुभएका , काम गरिरहनु भएका नेपाली नागरिकहरुलाई अनधिकृत ( ठग ) व्यक्तिहरुको प्रलोभनमा नपर्नुहुन र सो सम्बन्धमा आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ।
नेपाली दूतावासले एक सूचना सार्वजनिक गरि मलेसियामा अवैधानिक रहेका नेपाली लगायत विदेशी कामदारलाई घर फर्किने कार्यक्रम रिक्यालिब्रेशन पुलाङको अवधी यहीँ बर्ष २०२२ को गएको जुन महिना ३० तारिखसम्ममा अन्त्य भैइसकेकोले विभिन्न प्रलोभनमा पारी मनलाग्दी रकम असुलेर घर पठाईदिन्छु भन्ने अनाधिकृत ठग ब्यक्तिहरु बाट टाढै रहन र सचेत हुन, सतर्कता अपनाउन सार्वजनिक रुपमा आग्रह गर्नुभएको छ।
दूतावासका अनुसार घरफिर्ती कार्यक्रम बन्द रहेतापनी अवैधानिक आफैंले मलेसियालि अध्यागमन बिभाग (इमिग्रेशन) मा गएर जेल सजाय अथवा अवैधानिक बसेबापत्तको जरिवाना बापतको रकम तिरेर सजिलै सित स्वदेश फर्किन मिल्ने जनाउनु भएको छ।
साथै मलेसियामामा वैधानिक अथवा अवैधानिक जुनसुकै अवस्थामा रहनु भएका नेपाली नागरिक , कामदारहरुलाई सहयोग आवश्यक परेको खण्डमा राजदूतावासको सम्पर्क नम्बर ०३२०२०१८९८ / ०३२०२०१८९९ / ०३२०२०१९०१ , ०१६२४७२७७७ (हटलाइन) र दूतावासको इमेल एडरेस eonkualalumpur@mofa.gov.np सम्पर्क गर्न सकिने व्यहोरा अनुरोध छ सूचनामा उल्लेख गर्नुभएको छ।
तल हेर्नुस् दूतावासले सार्वजनिक गरेको सूचना :





















