एजेन्सी := आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज भारत र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ।
भारत र इंग्ल्यान्डको प्रतिस्पर्धा नेपाली समय अनुसार बिहीबार दिउँसो पौने २ बजे हुनेछ । भारत सुपर-१२ समूह ‘२’ को विजेता र इंग्ल्यान्ड समूह ‘१’ को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो ।
भारत २००७ को च्याम्पियन टोली हो भने इंग्ल्यान्ड २०१० को च्याम्पियन टोली हो । इंग्ल्यान्ड र भारतबीच टी-२० आईमा २२ खेल भएका छन् । जसमा इंग्ल्यान्ड १० र भारत १२ खेलमा विजयी भएका छन् । पछिल्ला पाँच भेटमा भारत चार खेलमा विजयी भएको छ ।
यसअघि पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान १३ वर्ष पछि फाइनलमा पुगेको छ। आजको विजेताले उपाधिका लागि पाकिस्तानसँग खेल्नेछ । फाइनल खेल आउँदो आइतबार हुनेछ ।




















