टी–२० विश्वकप क्रिकेटको सेमिफाइनल समिकरण पुरा।

एजेन्सी:= टी–२० विश्वकप क्रिकेटको आफ्नो अन्तिम लिग खेलमा भारतले जिम्बावेलाई ७१ रनले पराजित गरेको छ । अब सेमिफाइनलमा भारतले नोभेम्बर १० मा एडिलेडमा इंग्ल्याण्डको सामना गर्नेछ।

भारत समूह-२ मा आफ्नो ५ खेलमध्ये ४ जितेर ८ अंकसहित नम्बर १ मा पुगेको छ । यस समूहबाट छनोट हुने दोस्रो टोली पाकिस्तान थियो। उनको ५ खेलमा ६ अंक छ । समूह १ मा न्युजिल्यान्ड पहिलो र इंग्ल्यान्ड दोस्रो स्थानमा रहयो।पाकिस्तानको टोलीले नोभेम्बर ९ मा सेमिफाइनलमा न्युजिल्याण्डको सामना गर्नेछ ।