एजेन्सी := इंग्ल्यान्डले आइसिसी टि२० विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ । सिड्नीमा शनिबार भएको खेलमा श्रीलंकालाई ४ विकेटले हराउँदै इंग्ल्यान्डले सेमिफाइनलमा स्थान बनाएको हो। सुपर १२ को समूह ए बाट न्युजिल्यान्ड समूह विजेता र इंल्यान्ड उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् ।
इंग्ल्यान्डको जितसँगै आयोजक अष्ट्रेलिया भने बाहिरिएको छ । अष्ट्रेलिया ५ खेलमा सामान नतिजाको साथ ७ अंक भएपनि नेटनरेटको कारण बाहिरिन पर्यो । अष्ट्रेलियाको नेटरनरेट माइनस ०.१७३ रह्यो । इंग्ल्यान्डको नेटरनरेट प्लस ०.४७३ रह्यो।यस्तै यस समूहबाट श्रीलंका, आयरल्याण्ड र अफगानिस्तान समेत बाहिरिएको छ ।




















