भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सको मलेसिया उडान सुरु।

भैरहवा := भैरहवामा बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सले पनि व्यावसायिक उडान थालेको छ । जजिरा एयरवेजपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गर्ने हिमालय दोस्रो कम्पनी बनेको छ ।

मलेसियाको क्वालालम्पुर विमानस्थलबाट भैरहवा अवतरण गरेको हिमालय एयरलाइन्सको पी३२०जहाज आज १३५ यात्रुलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वालालम्पुर पठाईएको हो ।

हिमालयले मलेसिया पठाउने अधिकांश यात्रुलाई काठमाडौंबाट भैरहवा लगिएको थियो ।अहिले दैनिक चार्टड उडान थालेको र यो परीक्षण सफल भएमा हिमालयले सेड्युल उडान थाल्ने हिमालय एयरलाइन्सले जनाएको छ ।