काठमाडौं := ग्लोबल आईएमई बैंकले आफ्ना सेयरधनीलाई लाभांश लिन अनुरोध गरेको छ । बैंकका विभिन्न साधारणसभाबाट पारित लाभांश लिन बैंकले अनुरोध गरेको हो।
बैंकको आर्थिक बर्ष ०६६-६७ देखि ०७०-७१ सम्मका साधारणसभाबाट पारित नगद लाभांश हालसम्म पनि कतिपय सेयरधनीले नलिएकोले सूचना प्रकाशित भएको एक महिनाभित्र लाभांश लिन बैंकले आग्रह गरेको छ।
सेयरधनीले बैंकको शेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटलको कार्यालय नक्साल काठमाडौंमा सम्पर्क गर्न अनुरोध गरेको छ । भुक्तानी लिन बाँकी रहेको लाभांशको विवरण बैंक तथा बैंकको शेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटलको वेबसाइटबाट डाउनलोड गरी हेर्न सकिनेछ।
यो सूचना प्रकाशित मितिले ३० दिन सम्म भुक्तानी नभएको लाभांश रकम कम्पनी ऐन, २०६३ अनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नको लागि प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।




















