गृह जिल्ला डडेल्धुरा जान प्रधानमन्त्री देउवाले लिए निर्वाचन आयोगसँग अनुमति।

??????????? ?????????? ???????????? ????????? ?????? ?????????? ?????? ?????? ????? ?????? ??????? ????????????? ??? ?????????? ?????? ????????? ????? ? ?????? ? ???? ???????, ????

काठमाडौं := प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो निर्वाचन क्षेत्र (डडेल्धुरा) जान निर्वाचन आयोगसँग अनुमति लिएका छन्। मंगलबार आयोगलाई निवेदन लेख्दै प्रधानमन्त्री देउवाले आफ्नो निर्वाचन क्षेत्रमा जानका लागि अनुमति लिएका हुन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि हुने विभिन्न चुनावी कार्यक्रममा सहभागी हुनका लागि उनले अनुमति मागेको बताइएको छ । गृहजिल्ला जाँदा उनले कुन साधन प्रयोग गर्ने भन्नेबारे भने केही खुलाइएको छैन ।

प्रधानमन्त्री देउवाले १७ देखि २० कात्तिकसम्म डडेल्धुरा हुने विभिन्न कार्यक्रममा सहभागीता जनाउने छन् । यसअघि देउवा स्थानीय निर्वाचनको प्रचारका लागि डडेलधुरा पुगेका थिए । त्यसयता भने उनी गृहजिल्ला पुगेका छैनन् ।