काठमाडौं := टिकापुर घटनाको आरोपमा डिल्ली बजार कारागारमा रहेका रेशम चौधरीले २६ वर्षपछि गीतको रोयल्टी बुझेका छन् । उनले हिजो (बिहीबार) भाइटीकाको दिन २०५३ साल तिरै निकालेको गीत ‘हाल खबर’को रोयल्टी बुझेका हुन्।
मुन लाइट्स रेकर्डसका सञ्चालक चन्द्रप्रकाश शर्माबाट रोयल्टीबापत आफूलाई नेपाली रु. १७ हजार २१५ रुपैयाँ उपलब्ध भएको उनले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
“करिब २६ वर्षपछि पाएको आफ्नो पारिश्रमिकले मलाई अत्यन्तै उत्साहित बनाएको छ । मैले यो रकम मेरो श्रीमती रञ्जिता श्रेष्ठ चौधरीलाई निर्वाचन खर्चका लागि छुट्याएको छु। आशा छ, उनी विजयी प्राप्त गरेर आउनेछिन्,” उनले विज्ञप्तिमा भनेका छन् ।
रेशमकी श्रीमती रञ्जिता नागरिक उन्मुक्ति पार्टीका तर्फबाट कैलाली १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेकी छिन् । रेशमले बर्दिया–२ बाट दिएको उम्मेदवारी भने निर्वाचन आयोगले रद्द गरिदिएको छ । रेशमको ठाउँमा उसको पितालाई स्वतन्त्र उम्मेदवार बनाइ त्यस् क्षेत्रबाट पार्टीले समर्थन गर्नेभएका छ्न ।



















