विश्वकपमा क्रिकेटमा आयरल्यान्डले इंग्ल्यान्डलाई हरायो

एजेन्सी := जारी टी–२० विश्वकप क्रिकेट खेलमा एसोसियट राष्ट्रहरूको सनसनीपुर्ण प्रदर्शन जारी रहेको छ। दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिज प्रतियोगिताबाटै बाहिरिसकेको छ।

आफ्नो पहिलो खेलमा नामिबियाले श्रीलंकालाई पराजित गरेर सनसनी मच्चाएको थियो । त्यसका साथै नेदरल्यान्डले अस्ट्रेलियालाई समेत हराएर जारी विश्वकपमा संसारको ध्यानाकर्षण गर्न सफल भएको थियो।

बुधबार भएको खेलमा आयरल्यान्डले इंंगल्यान्डलाई पराजित गरेर अर्को उलेटफेर गरेको छ । वर्षा बाधक बनेको खेलमा डकवर्थ लुइस नियमका आधारमा आयरल्यान्डले इंगल्यान्डलाई पाँच रनले पराजित गरेको छ।