पाँचौं सुम्निमा रिया आईएमई गोल्डकप फुटबलको उपाधि युनाईटेड फुटबल क्लबले जित्यो।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको इपो पेराकमा आयोजित पाँचौं सुम्निमा रिया आईएमई गोल्डकप फुटबलको उपाधि आयोजक टिम युनाईटेड फुटबल क्लबलेनै जितेको छ । सो फुटबल प्रतियोगिता दिपावलीको विदाको अवसरमा यहीँ अकटोबर २३/१४ तारीख आयोजना भएको थियो। फाईनल खेल आयोजक सुम्निमा युनाईटेड फुटबल क्लब र हिमालयन फुटबल क्लब बिच कडा प्रतिस्पर्धा भएको थियो ।

पहिलो हाफ गोल रहित बराबरीमा खेल सकिएको पनि दोस्रो हाफको शुरुवति समयमा नै १ गोल गर्दै आयोजक टिमले अग्रता लिएको थियो । दोस्रो हाफको समय समाप्ति अगावै हिमालयन फुटबल क्लबले १ गोल गर्दै खेललाई बराबरिमा टुङ्ग्याको थियो।

बराबरीको स्थिति पछि निर्णयको लागि रेफ्रिले ५/५ खेलाडि बिच पेनाल्टी गराएका थिए । पेनाल्टी सुटआउटमा आयोजक टिमले ५ पेनाल्टी गोल गेरेको थियो भने हिमालयन फुटबल क्लबको एक पेनाल्टी प्रहार आयोजक टिमका गोलकिपरले रोकिदिए पछि ४ गोल मात्र गर्न सकेको थियो ।

प्रतियोगितामा दोस्रो विजेता हिमालयन फुटबल क्लब

फुटबल प्रतियोगिताको बिजेताले मलेसियन रिंगेट ८ हजार १ रिंगेट नगदसहित च्याम्पियन ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपबिजेता हिमालयन एफसी टिमले मलेसियन रिंगेट ४ हजार १ सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस प्रतियोगिताको सर्वाधिक गोल कर्ता जुरु फुटबल क्लबका दिपक लामु, उत्कृष्ट खेलाडि सुम्निमा युनाईटेड फुबल क्लबका अर्पण राई, उत्कृष्ट मिडफिलडर सुम्निमा युनाईटेड फुबल क्लबका सन्जोक राई, उत्कृष्ट डिफेन्डर हिमालयन फुटबल क्लबका दिपक लिम्बू र उत्कृष्ट गोल रक्षक सुम्निमा युनाईटेड फुबल क्लबका विशाल राईले ट्रफी प्राप्त गरेका थिए ।