लोकतन्त्र, संविधानको रक्षा र सुशासनको लागि गठबन्धन: प्रधानमन्त्री शेर बहादुर देउवा।

sf7df8f}F, @^ c;f/M /fli6«o tyf k|fb]lzs k|ltef k'/:sf/ ;dk{0f ;df/f]xdf k|d b]pjf ;+:s[lt, ko{6g tyf gful/s p•og dGqfnoåf/f /fhwfgLdf cfOtaf/ cfof]lht /fli6«o tyf k|fb]lzs k|ltef k'/:sf/, dxfslj b]jsf]6f k'/:sf/, eut ;j{lht dfgj dof{bf /fli6«o k'/:sf/, uf]kfnk|;fb l/dfn /fli6«o k'/:sf/ tyf Oltxf; lz/f]dl0f afa'/fd cfrfo{ k'/:sf/ ;dk{0f ;df/f]xdf k|wfgdGqL z]/axfb'/ b]pjf . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं:= प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र, संविधानको रक्षा र सुशासनको लागि गठबन्धन गरेको बताएका छन् ।

बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत  रहेका सभापति देउवाले गठबन्धन रहरले नभएर  लोकतन्त्र, संविधानको रक्षा र सुशासनको लागि गरेको बताएका हुन् ।

सोही कार्यक्रममा गठन्धनका शीर्षनेता पुष्पकमल  दाहाल प्रचण्ड, माधवकुमार नेपाल, बाबुराम भट्टराई र रामचन्द्र पौडेलले पनि सत्ता स्वार्थका लागि नभएर हालसम्मको राजनीतिक उपलब्धी रक्षाका लागि गठबन्धन गर्नुपरेको बताएका थिए ।

उनीहरुपछि सम्बोधन गरेका सभापति देउवाले संविधान रक्षाको लागि आफूहरुले गठबन्धन गरेको दाबी गरे। संविधानलाई स्थायी शान्तिको रुपमा लिएको बताएको र यसको रक्षाका लागि पनि गठबन्धन गरेको उनको भनाइ छ ।