आफूले जिम्मेवारी पूरा गर्न नसकेको बताउँदै बेलायती प्रधानमन्त्री लिज ट्रसले दिइन् राजीनामा।

बेलायत := बेलायती प्रधानमन्त्री लिज ट्रसले दुई महिनामै प्रधानमन्त्री पदबाट राजीनामा दिएकी छन् । आफूले गर्नुपर्ने जिम्मेवारी पूरा गर्न नसकेको बताउँदै ट्रसले राजीनामा दिएकी हुन् ।

आर्थिक तथा अन्तर्राष्ट्रिय स्तरमा अस्थिरता रहेको बेला आफूले प्रधानमन्त्रीको जिम्मेवारी लिएको स्मरण गर्दै उनले जुन स्थितिमा कन्जरभेटिव पार्टीले जुन म्यान्डेड दिएर मलाई प्रधानमन्त्री चुनेको थियो, त्यसलाई मैले पूरा गर्न सकिनँ भनेकी हुँन् ।

जिम्मेवारी छाडेको घोषणासँगै उनले कन्जरभेटिव पार्टीका नेता अर्को हप्ता चयन हुने र नयाँ प्रधानमन्त्री बन्ने उनले बताएकी छिन् । उनले राजा चार्ल्सलाई भेटेर आफूले कन्जरभेटिव पार्टीको नेताबाट राजीनामा दिन लागेको जानकारी यसअघि नै गराएकी बताइन् ।

बोरिस जोन्सनको राजीनामापछि उनी भारतीय मूलका ऋषि सुनकलाई पछि पार्दै बेलायतको प्रधानमन्त्री बनेकी थिइन् ।