काठमाडौं := ठगीका उजुरी परेका कतिपय मेनपावरले कारबाहीबाट उन्मुक्ति पाउन उच्च तहका राजनीतिक नेता गुहार्ने गरेका कारण सयौं पीडित न्यायबाट वञ्चित भएका छन्।
करोडौं रुपैयाँ ठगीको उजुरी परेका मेनपावरलाई वैदेशिक रोजगार विभागले पटक पटक उपस्थित हुन पत्राचार गरे पनि अटेरी गर्ने गरेका छन् ।
हालै विभागले सूचना नै जारी गरेर उजुरी फर्छ्यौट गर्न निर्देशन दिएको छ । पार्टीका उच्च तहका नेतासँग पहुँच भएका मेनपावरले कानूनमा तोकिएअनुसार विभागमा उपस्थित हुन आनाकानी गरिरहेको विभागको भनाइ छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।




















