एजेन्सी := युगांडामा इबोलाका कारण थप पाँच जनाको मृत्यु भएको छ । यो सँगै इबोलाका कारण मृत्यु हुनेको संख्या २४ पुगेको । युगांडामा इबोलाका संक्रमित बढेपछि केही स्थानमा लकडाउन घोषणा गरिएको छ ।
इबोला प्रकोपको केन्द्रविन्दुमा रहेका दुई जिल्लामा लकडाउन घोषणा गरिएको छ । ती स्थानको यात्रामा तालाबन्दी, व्यक्तिगत यात्रामा रोक र रातको समयमा कर्फ्यू आदेश लगाइएको छ । त्यस्तै, सार्वजनिक स्थानहरू बन्द गरिएको छ ।




















