[ विजय रावत ]
जुम्ला:= अविरल वर्षासँगै आएको बाढीपहिरोबाट कर्णाली प्रदेशमा १० हजार ७१४ जना घरबारविहीन भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार सबैभन्दा धेरै मुगुमा पाँच हजार २८२ जना घरबारविहीन भएका छन् ।
त्यस्तै कालिकोटमा एक हजार ७६३, जुम्लामा एक हजार ७२५, सल्यानमा ६३९, सुर्खेतमा ५६६, हुम्लामा ४७४, दैलेखमा २०७, डोल्पामा २५, जाजरकोटमा १८ र रुकुम पश्चिममा १५ जना घरबारविहीन भएको प्रदेश प्रहरी कार्यालयले दिएको तथ्यांकमा उल्लेख गरिएको छ । बाढीपहिरोबाट कर्णालीमा एक हजार ७२० घरधुरी विस्थापित भएका छन् ।
जसमा मुगुमा ७२३, जुम्लामा ३६८, कालिकोटमा २३५, सुर्खेतमा १३९, सल्यानमा १२७, हुम्लामा ७३, दैलेखमा ४४, डोल्पा र रुकुम पश्चिममा चार÷चार र जाजरकोटमा तीन घरधुरी विस्थापित भएको प्रहरीले जनाएको छ ।
यस्तै, बाढीपहिरोमा परेर कर्णालीमा ३६ जनाको मृत्यु भएको छ। बाढीपहिरोबाट जुम्लामा १० जना, मुगुमा आठ, कालिकोटमा ६, हुम्लामा चार, जाजरकोट र सल्यानमा तीन÷तीन, दैलेख र डोल्पामा एक÷एक जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बाढी पहिरोमा परेर कर्णाली प्रदेशको कालिकोटमा सबैभन्दा धेरै १७ जना बेपत्ता भएका छन् भने दैलेख, जुम्ला र डोल्पामा एक÷एकजना गरी २० जना वेपत्ता भएका छन् । तीमध्ये एकजना नेपाल प्रहरीका जवान रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै बाढी पहिरोमा परेर कर्णालीमा २८ जना घाइते भएका छन् । सबैभन्दा धेरै कालिकोटकै १० जना घाइते भएका छन भने हुम्लामा ६ जना, मुगु र जुम्लामा पाँच÷पाँचजना तथा जाजरकोट र रुकुम पश्चिममा एक÷एकजना घाइते भएका छन्। प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णालीमा पूर्णरुपमा एक हजार १४० घर भत्किएका छन भने आंशिक एक हजार ६१२ घर भत्किएका छन् ।
त्यस्तै, बाढी तथा पहिरोबाट उच्च जोखिममा एक हजार ४७७ घरधुरी रहेका छन । असोज १९ गतेदेखि २४ गतेसम्म परेको पाँच दिनसम्म लगातार भएको बर्षाका कारण पानीले कर्णाली प्रदेशको मुगुमा २५१, हुम्लामा २१७ र सल्यानमा ६४ गरी २४६ पशुचौपाय मरेका छन् । बाढी पहिरोका बेला उद्धार तथा राहत वितरणमा प्रदेशभर दुई हजार ७०४ जना प्रहरी परिचालन गरिएको थियो ।
प्रदेश प्रहरी कार्यालयका अनुसार मुगुमा ७५० जना, सल्यानमा ५८०, जुम्लामा २६५, रुकुम पश्चिममा २२९, कालिकोटमा २२५, जाजरकोटमा २१७, सुर्खेतमा १९४, हुम्लामा ११४, दैलेखमा ८०, र डोल्पामा ५० जना सुरक्षाकर्मी परिचालन गरिएको थियो । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआइजी) पोषराज पोखरेलले बेपत्ता व्यक्तिहरूको खोजी कार्यसँगै अन्य क्षतिको विवरण संकलनका लागि नेपाल प्रहरी अहिले पनि प्रभावित क्षेत्रमा खटिइरहेकाले उल्लेखित विवरणमा थपघट हुनसक्ने जानकारी दिनुभयो ।
‘पहिरोले कर्णाली क्षेत्रको अवरुद्ध यातायात आंशिकरुपमा सञ्चालनमा आए पनि पूर्णरूपमा यातायात सञ्चालनमा ल्याउन अझै केही दिन लाग्नेछ । कर्णाली राजमार्ग कर्णाली करिडोर हुम्ला जाने रत्न राजमार्गसहित जाजरकोट, दैलेख जाने सडकहरूमा ठूलो क्षति भएको छ । पूर्णरूपमा विच्छेद भएको सडक सञ्जाल आंशिक रूपमा सञ्चालनमा आएको छ,’ प्रदेश प्रहरी कार्यालयका प्रमुख पोखरेलले भन्नुभयो, ‘पूर्णरूपमा विच्छेद भएको कर्णाली करिडोर र कर्णाली राजमार्ग खुल्न अझै महिना दिन बढी लाग्ने देखिन्छ ।’
उहाँका अनुसार मुख्य राजमार्ग मात्र नभएर कतिपय सहायक राजमार्गहरू पनि अझै पूर्णरूपमा सञ्चालनमा आउन सकेका छैनन् । पहिरोले दर्जनौं स्थानमा राजमार्ग अवरुद्ध भएपछि राहत र उद्धारमा पनि कठिनाइ भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको




















