एजेन्सी:= र्यापर तथा गायक बादशाह २ वर्षअघि आफ्नी पहिलो श्रीमती जस्मिनसँग अलग भएका थिए । सम्बन्धविच्छेदपछि र्यापरले अझै पनि आफूलाई एकलको ट्याग गरिरहेका छन् ।
तर, अहिले उनी पञ्जाबी अभिनेत्री ईशा रिखीसँग डेट गरिरहेको खबर आएको छ । यति मात्र होइन, बादशाहले करिब एक वर्षदेखि ईशालाई डेट गरिरहेको खबर छ तर आफ्नो व्यक्तिगत कारणले उनी यो सम्बन्धलाई गोप्य राख्न चाहन्छन् ।
र्यापर बादशाह केही दिनअघि नै वेब सिरिज फेब्युलस लाइभ्स अफ बलिउड विभ्समा देखा परेको आफैंले बताएका थिए । यो वेब सिरिजमा उनको क्यामियो थियो । कुराकानीका क्रममा बादशाहले आफूलाई सिंगल भनेका थिए ।
त्यसपछि बादशाहले करिब एक वर्षदेखि एक पञ्जाबी अभिनेत्रीसँग डेट गरिरहेको खबर आएको हो । पिंकभिल्लाको रिपोर्टका अनुसार दुवैले पहिलो पटक एकअर्कालाई साथीको पार्टीमा भेटेका थिए, त्यसपछि बादशाह ईशासँग सम्बन्धमा छन्।
परिवारका सदस्यहरु निकै खुसी
मिडिया स्रोतको विश्वास गर्ने हो भने बादशाहले आफ्नो परिवारका सदस्यहरुलाई पनि सम्बन्धको बारेमा बताइसकेका छन् । उनको यो सम्बन्धबाट उनका परिवारका सदस्यहरु निकै खुसी छन् । तर, बादशाह आफ्नो व्यक्तिगत जीवनको बारेमा धेरै कुरा गर्न रुचाउँदैनन् । बादशाह पहिले नै विवाहित छन्।
तर, आफ्नी श्रीमतीसँग पनि विवाद भएपछि दुवै छुट्टिए । सन् २०१९ मा यी दुईबीच झगडा भएको खबर आएको थियो, त्यसबेलादेखि दुवै अलग–अलग बसेका थिए । बादशाहको पहिलो पत्नीबाट एक छोरी पनि छिन् । सन् २०१७ मा उनीहरुको छोरी जेसी ग्रेस मसिह सिंहको जन्म भएको थियो । कोरोना महामारीपछि जस्मिन छोरीसँग लण्डन सरिन् ।



















