बर्दिया:= नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा चर्चित नेता रेशम चौधरीको उम्मेदवारी खारेज भएपछि बर्दिया क्षेत्र नम्बर २ मा उनको बुवा चुनाव लड्ने भएका छन् । रेशमको उम्मेदवारी खारेजपछि सो क्षेत्रमा उनकै पिता लालवीर चौधरीलाई नागरिक उन्मुक्ति पार्टीले व्यवहारिक रुपमा अघि सार्दै समर्थन गर्ने निर्णय समेत गरेकाे छ ।
बर्दिया क्षेत्र नं. २ मा दल र स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धा हुने स्वतन्त्र उठेका उनका बुवा लालबिरले निर्वाचन लड्न चापाकल (पानी तान्ने नल) चुनाव चिन्ह पाएकाे निर्वाचन अधिकृत नगेन्द्र लम्सालले बताउनुभयाे । लालवीर २०७४ को निर्वाचनमा नेकपा एमालेबाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका थिए । निर्वाचन आयोगले मंगलबार रेशमको उम्मेदवारी खारेज गरिदिएको थियो । लालवीरले बर्दिया–२ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।



















