नेपालमा विपद्को वितण्डाः सात दिनमा ४८ को मृत्यु, २७ बेपत्ता।

काठमाडौं := मनसुनजन्य विपद्का कारण बितेका सात दिनमा ४८ जनाको ज्यान गएको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांक अनुसार १९ असोजबाट यता मंगलबारसम्म भएका १ सय ३९ वटा प्राकृतिक विपद्का घटनबाट ४८ जनाको ज्यान गएको हो।

यो अवधिमा जुम्ला र मुगुमा आठ/आठ जनाको ज्यान गएको छ भने प्युठानमा ६ जनाको ज्यान गएको छ । यसैगरी हुम्ला र कालिकोटमा चार/चार जना तथा काठमाडौंमा तीन जनाको ज्यान गएको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांक छ।

यसैगरी, सो अवधिमा मकवानपुर, लमजुङ, डोल्पा, जाजरकोटमा दुई÷दुई जना झापा, सर्लाही, धादिङ, गुल्मी, बाँके, सल्यान र बाजुरामा एक जनाको ज्यान गएको तथ्यांक छ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।