BREAKING NEWS: मलेसिया सरकारद्वारा संसद विघटन, ६० दिनभित्र निर्वाचन हुने।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको संसद आज विघटन गरिएको छ । मलेसिया सरकारको प्रधानमन्त्री इस्माइल साब्रि याकोबले संसद विघटन गरिएको घोषणा गरेका हुन् । उनले संसद विघटन गर्दै मध्यावधि निर्वाचन समेत घोषणा गरेका छन्।

उनले घोषणा गरेअनुसार आगामी ६० दिन भित्रमा निर्वाचन हुनेछ । देशका नाममा सम्बोधन गर्दै उनले संसद विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति लिइसकेको पनि जानकारी दिएका छन् । यस् निर्णयमा राजाले समेत समर्थन जनाएका छ्न।

मलेसियाको राजासंग संसद विघटन गरेको जानकारी गराउदै छलफल गर्दै प्रधानमन्त्री साब्री

सन् २०१८ को निर्वाचनपछि देशमा अप्रत्यासित विभिन्न घटनाक्रम भएको त्यसले देशको आर्थिक तथा राजनीतिक अवस्थालाई असर गरेकाले तत्काल निर्वाचन गर्नु परेको उनको भनाई छ ।

देशमा राजनीतिक स्थायित्व, जिम्मेवार तथा सुनिश्चित सरकारको आवश्यकता रहेकोमा समेत उनले जोड दिएका छन्। निर्वाचनकै मिति भने अहिले घोषणा भइसकेको छैन । सरकारको सिफारिसमा निर्वाचन आयोगले केही दिनमा निर्वाचनको मिति घोषणा गर्ने जनाइएको छ । एजेन्सीको सहयोगमा