फ्रान्सका स्टार फुटबलर केलियन एम्बाप्पे सर्वाधिक कमाउने खेलाडीको सूचीमा।

पेरिस:= फ्रान्सका स्टार केलियन एम्बाप्पे सर्वाधिक आम्दानी गर्ने खेलाडी बन्नुभएको छ । फोब्र्सले सार्वजनिक गरेको नयाँ सूचीअनुसार सबैभन्दा बढी आम्दानी गर्नेमा फ्रान्सेली तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा फरवार्ड एम्बाप्पे रहनुभएको हो ।

पछिल्लो नौ वर्षमा लियोनल मेस्सी वा क्रिस्टियानो रोनाल्डोबाहेक बढी आम्दानी गर्ने एमबाप्पे पहिलो फुटबलर बन्नुभएको हो । फोब्र्सका अनुसार २३ वर्षे एम्बाप्पेको यो वर्ष आम्दानी १२८ मिलियन अमेरिकी डलर रहेको छ । एम्बाप्पेका पिएसजी सहकर्मी मेस्सी दोस्रो स्थानमा रहनुभएको छ । उहाँको वार्षिक आम्दानी १२० मिलियन रहेको छ ।

त्यस्तै, म्यानचेस्टर युनाइटेडका रोनाल्डो तेस्रो स्थानमा हुनुहुन्छ । उहाँको आम्दानी एक सय मिलियन अमेरिकी डलर रहेको छ । पिएसजीका नेयमार र लिभरपुलका मोहम्मद सलाह शीर्ष ५ मा रहनुभएको छ । ब्राजिलियन फरवार्ड नेयमारको आम्दानी ८७ हजार मिलियन र सलाहको ५३ मिलियन डलर छ ।

रोनाल्डो र मेस्सीभन्दा अघि सन् २०१३ मा सर्वाधिक आम्दानी गर्ने फुटबल खेलाडीमा इग्ल्याण्ड फुटबल टोलीका पूर्वकप्तान डेभिड बेकहृयाम रहनुभएको छ । एम्बाप्पेले मेमा पिएसजीको आकर्षक तीनवर्षे नवीकरण प्रस्तावमा सम्झौता गर्नुभएको थियो । फ्रान्सका लागि विश्व कप जितेका एम्बाप्पेले पिएसजीका लागि ११ उपाधि जितिसक्नुभएको छ ।

जसमा चारवटा ला लिगा उपाधिसमेत रहेका छन् । उहाँ मोकाकोबाट सन् २०१७ मा लोनमा पिएसजी पुग्नुभएको थियो। बोरुसिया डर्टमुण्डबाट यसै सिजन प्रिमियर लिग टोली म्यानचेस्टर सिटी पुगेयता १२ खेलमा १९ गोल गरिसकेका इर्लिङ हालान्ड बढी आम्दानी गर्ने खेलाडीको छैटौं स्थानमा हुुनुहुन्छ ।