टीकापुर घटनाको आरोपित अभियुक्त लक्ष्मण थारूले कैलाली क्षेत्र न. ५ मा चुनाव लड्ने।

कैलाली := कैलाली क्षेत्र नम्बर–५ मा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रतिनिधि सभामा लक्ष्मण थारूले उम्मेदवारी दर्ता गराएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वारेसनामामार्फत थारूले उम्मेदवारी दर्ता गराएका हुन् ।

थारूका प्रस्तावकसमेत रहेका बुन्दीलाल थारूले उम्मेदवारी दर्ता गराएका हुन् । नागरिक उन्मुक्तिका तर्फबाट कैलाली–५ को प्रदेश सभा (क) मा श्रीराम चौधरी र प्रदेश सभा (ख) मा गोठु चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । लक्ष्मण थारु टीकापुर घटनाको आरोपित अभियुक्त हुन् । उनी सरकारको फरार सूचिमा छन् ।