काठमाडौं := टीकापुर घटनाको प्रमुख अभियुक्तको आरोप लागेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक नेता एवम् पुर्व सांसद रेशम चौधरी जेलभित्रैबाट चुनाव लड्ने भएका छन्।
नेता चौधरीले बर्दिया क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयमा वारिस्नामामार्फत उम्मेदवारी दर्ता गरेका छन्।श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको नाममा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीबाट ढकिया चुनाव चिन्हको साथ रेशम चौधरी चुनाव लड्न लागेका हुन्।
आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बुबा लालवीरले रेशमको उम्मेदवारी दर्ता गराएका थिए। थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते भएको ‘टीकापुर घटना’मा आठ सुरक्षाकर्मीसहित एक नाबालकको हत्या भएको थियो।
उनलाई उक्त हत्याको अभियोग जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले दोषी प्रमाणित गरेपछि चौधरी डिल्लीबजारस्थित कारागारमा छन् । उनलाई टीकापुर हत्याकाण्डको मुख्य योजनाकार रहेको अदालतको आरोप छ।
हाल सो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ। चौधरीले २०७४ सालमा चुनाव लडेर भारि बहुमतले जितेको क्षेत्रमा यसपटक भने श्रीमती रञ्जिता श्रेष्ठ चौधरीले उम्मेदवारी दिएकी छ्न्।




















