काठमाडौं := बेला-बेला आफुलेनै गरेको भाषणले चर्चामा आईरहने र आलोचित भैइरहने नेकपा एमालेकी नेतृ गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छिन्। एमालेबाट दाङ- १ को उम्मेदवार बन्न खोजेकी चौधरीलाई पार्टीले टिकट नदिने भएपछि पार्टी परित्याग गरेर शुक्रबार फेसबुकबाट आफू स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउन लागेको बताएकी हुन् ।
स्रोतले दिइएको जानकारी अनुसार एमालेले दाङ-१ बाट शान्ता चौधरीलाई उम्मेदवार बनाउने भएपछि असोज २३ मा स्वतन्त्र उम्मेदवारी दर्ता गरेर गंगा चौधरीले असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘आज मैले ठीक निणर्य गरे वा बेठिक मलाई थाहा छैन। राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहनेछु। जनता भगवान हुन्, जनता नै सर्वपरी हुन्। देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उम्मेदवार भएर जनताको बिचमा आउँदैछु, हजुरहरुको साथ चाहिएको छ।’
स्मरण रहोस् उनले केहि महिना अगाडिमात्रै आफ्नो र शान्ता चौधरीसंगको फोटो फेसबुकमा पोस्ट गर्दै हाम्रो दाङ क्षेत्र नम्बर . १ बाट हामी दिदिबहिनीमध्य जो टिकट पाएपनि अथवा जो उठेपनि सहमत नै हुनेछौं र एकअर्कालाई समर्थन गर्नेछौं भनेर स्टाटस लेखेकी थिइन् । तर अहिले टिकट नपाउने भएपछि ठिक बिपरित घोषणा गरेकी हुन्।




















