अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को आवेदन खुला, यसरी भर्नुस डिभी।

अमेरिका := अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को आवेदन आजबाट खुला भएको छ। काठमाडौँस्थित अमेरिकी दूतावासले जानकारी गराए अनुसार गत रातिको ९ः४५ बजेबाट कार्तिक २२, २०७९ सम्मको लागि आवेदन खुला हुने छ।

डिभी २०२४ का विजेताहरुले सन् २०२४ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्नसक्नेछन् भने नतिजा सन् २०२३ को मे महिनामा आउनेछ। विगतमा डिभी लोटरीमा सहभागी भएकाहरुले पनि यसपटक डिभी भर्न सक्नेछन्। साथै यसपटक डिभी लोटरीमा सहभागी हुनका लागि पासपोर्ट अनिवार्य छैन।

यदि तपाईं डिभी भर्ने विचारमा हुनुहुन्छ भने निम्न कुरामा ध्याज दिनुपर्छः
१. दिइएको निर्देशनहरुलाई ध्यानपूर्वक पालना गर्नुहोस्।
२. आवेदनमा आफ्नो परिवारका सबै सदस्यहरुको विवरण उल्लेख गर्नुहोस्।
३. विगत ६ महिना भित्र खिचिएको फोटो प्रयोग गर्नुहोस्।
४. स्पन्सर लगायत अनावश्यक कागजात र सेवाहरुको लागि शुल्क नतिर्नुहोस्।
थप जानकारीका लागि यो लिंकमा जानुहोस्। डिभी भर्नका लागि यहाँ क्लीक गर्नुहोस्