एजेन्सी (दक्षिण कोरिया):= कोरियाको न्याय मन्त्रालयले आगामी मंगलबारदेखि दुई महिनासम्म भिसा बिहिन विदेशी नागरिकमाथि ब्यापक धरपकड गर्ने भएको छ l कोरोना महामारीको समयमा अबैधानिक बिदेशीको संख्या अत्यधिक बढेपछी सरकारले धरपकड गरि स्वदेश फर्काउने निर्णय गरेको हो l
मन्त्रालयले अक्टोबर ११ देखि डिसेम्बर १० सम्म कारबाही गर्न कोरियाली राष्ट्रिय प्रहरी एजेन्सी, रोजगार तथा श्रम मन्त्रालय, भूमि, पूर्वाधार तथा यातायात मन्त्रालय र कोरिया कोस्ट गार्डसँग टोली बनाउने तयारिमा छ , बुधबार प्रकाशित एक विज्ञप्तिमा भनिएको छ।
कोभिड–१९ को महामारी सुरु भएदेखिनै मन्त्रालयले देशमा कागजपत्रविहीन विदेशीहरूबाट भाइरसको फैलावट रोकथाम र व्यवस्थापनमा ध्यान केन्द्रित गरिरहेको छ । यद्यपि , कागजातविहीन आप्रवासीको संख्यामा भएको वृद्धिले सरकारले उक्त कदम चालेको मन्त्रालयले उदृत गरेको छ।
धरपकडमा पहिलो प्राथमिकता डेलिभरी सेवाहरू, मसाज पार्लरहरू र ड्रग रिङ्हरूमा काम गर्ने अवैध आप्रवासीहरू पर्ने छन l
मन्त्रालयले कुनै निश्चित कारण बिना सरकारी नीति नियमको अस्वीकार गर्नेहरूलाई कारबाही गर्न खोजी र कब्जा वारेन्ट जारि गर्ने बताएको छ। गत अगस्ट १ मा मन्त्रालयले जारि गरेको मानव अधिकार निर्देशिका संशोधन अनुरुप धरपकड अगाडी बढाउने बताएको छ l “सम्बन्धित कानुनको उल्लङ्घन गर्नेहरूलाई देश निकाला गरिनेछ र निश्चित समयको लागि पुन: कोरिया प्रवेश गर्न प्रतिबन्ध लगाइनेछ।” मन्त्रालयले भनेको छ
न्याय मन्त्री हानले गैरकानुनी आप्रवासीविरुद्ध निरन्तर र सैद्धान्तिक कारबाहीलाई निरन्तरता दिइने बताए । “कानुनी बसाइको लागि स्पष्ट नियमहरूको स्थापना ,लचिलो अध्यागमन नीतिको आधार हो जुन राष्ट्रिय हितमा छ,” उनले भने।मन्त्रालयका अनुसार कोरियाको विदेशी समुदायमा अवैध आप्रवासीको दर सन् २०२० मा १९.३ प्रतिशत रहेकोमा सन २०२१ मा बढेर १९.९ प्रतिशत पुगेको छ l




















