युरोपीयन च्याम्पियन्स लीगमा इन्टरसँग १-० गोलले हार्‍यो बार्सिलोना।

एजेन्सी := युरोपीयन च्याम्पियन्स लीग फूटबल प्रतियोगितामा बार्सिलोना इन्टर मिलानसँग पराजित भएको छ । गएराति भएको खेलमा घरेलु टोली इन्टर १-० ले विजयी भयो । उसको जीतमा टर्किस प्लेयर हकान चाल्हानोलुले गोल गरे।

बार्सिलोनाका लागि पेड्रीले ६७ औं मिनेटमा बललाई जाली चुमाए पनि भारले उक्त गोललाई अस्वीकृत गरिदियो। यो नतिजासँगै बार्सिलोना ग्रुप अफ डेथ मानिएको समूह सीको तेस्रो स्थानमा झरेको छ। समूहबाट शीर्ष दुई टीम मात्र अन्तिम १६ मा पुग्नेछन् । समूहमा अब ३-३ खेल खेल्न बाँकी छ ।